बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चितवनबाट विदा भएर कोशी टप्पु गए अञ्जली र पुष्पा


    हुलाक प्रेस

    • मंगलबार, असोज ९ २०८००७:१३
    चितवनबाट विदा भएर कोशी टप्पु गए अञ्जली र पुष्पा

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैंडा आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएका छन्।

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान साढे ११ बजे पुष्पा र अञ्जली नाम गरेका ती दुई गैंडालाई छुट्टाछुट्टै खोरमा राखेर आरक्ष पठाइएको हो। 

    गैंडा लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सक सहितको टोली कोशीतर्फ गएको छ। वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोली समेत कोशीतर्फ गएको छ।

    प्राविधिक समितिले गरेको अध्ययनमा कोशीमा गैंडाका लागि वासस्थान उपयुक्त देखिएकाले गैंडा स्थानान्तरण गरिएको हो।

    शुरूमा गैंडालाई खुला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिनेछ।

    तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महीना उमेरमा उद्धार गरिएका पुष्पा र अञ्जलीले अहिले मानव बस्तीमा आएर दुःख दिने गरेकाले कोशी पठाइएको हो। पुष्पा तीन वर्ष नौ महीना र अञ्जली दुई वर्ष ६ महीनाका छन्।


    प्रतिक्रिया दिनुहोस