काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत र चीनका राजदूतले बधाई दिएका छन्।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण विशेष समारोहमा भेटेर उनीहरूले बधाई दिएका हुन्।
भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चेन सोङले ओलीलाई भेटेर बधाई दिएका हुन्। ओलीले शपथ लिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए। ओलीले शपथलगत्तै लैनचौरस्थित सहीद स्मारक, पार्टी कार्यालय हुँदै सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन्।