काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालकी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिएका छन्। उनी परराष्ट्रमन्त्री नियुक्त भएलगत्तै जयशंकरले समाजिक संजाल एक्समार्फत बधाई दिएका हुन्।
बधाई सन्देश दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल–भारत बहुआयामिक साझेदारीलाई अघि बढाउन नयाँ मन्त्रीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्।
‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा नियुक्त हुनु भएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई,’ उनले लेखेका छन्, ‘नेपाल–भारत बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’