काठमाडौँ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रीत हुने बताएका छन् ।
सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले विकास विकास र वित्तका विषयमा केन्द्रित भएर अघि बढ्ने सोच लिएको बताए ।
‘निजी क्षेत्रका समस्या सुन्नेछौँ । उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा जोड दिइनेछ । सरकारको सोच कार्यान्वयन गर्न बजेट बाधक बन्दैन’, पौडेलको भनाइ छ ।
सरकारले अर्थतन्त्रका सबै समस्यालाई गहिरो तरिकाले अध्ययन गर्ने र सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा बुझ्ने उनको मन्त्री पौडेलको भनाइ छ ।