शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता


    हुलाक प्रेस

    • मंगलबार, साउन १ २०८१०७:४८
    बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता
    फाइल तस्वीर

    काँक्रेविहार ९सुर्खेत०,  रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् ।

    आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार  आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर  बुढाथोकी बेपत्ता भएका छन् । 

    उनले बाढीले घर बगाउँदा  १० वर्षीया विजय सार्की,  २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन,  चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका  बताए ।

    नगरप्रमुख केसीले भने, “ खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् । ” रासस


  • सम्बन्धित विषय:

  • # #badi
  • प्रतिक्रिया दिनुहोस