शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न


    हुलाक प्रेस

    • मंगलबार, साउन १ २०८१०८:०२
    म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

    बेनी (म्याग्दी),  म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ ।

    खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०र८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको  हो ।

    प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्याङ्की निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिए ।

    उनका अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ ।

    घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।

    कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८  इन्टेक, १६  सङ्कलन चेम्बर, ११  वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४  पानी सङ्कलन ट्याङ्की निर्माण भएको छ । एक वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए । रासस


  • सम्बन्धित विषय:

  • # #drinkingwater
  • # #watertanki
  • # #magdiwatertanki
  • प्रतिक्रिया दिनुहोस