शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • राती यि चार प्रदेशमा भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • मंगलबार, साउन १ २०८१०६:४४
    राती यि चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं ।  देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ भने बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    महाशाखाका अनुसार आज राति मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

    यस क्रममा राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


    प्रतिक्रिया दिनुहोस