काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ ।
भेटिएका शवमध्ये १० जनाको सनाखत भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।