बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री ओलीले आइतबार विश्वास मत लिने


    हुलाक प्रेस

    • बुधबार, साउन २ २०८१०५:५०
    प्रधानमन्त्री ओलीले आइतबार विश्वास मत लिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

    उक्त दिन विश्वासको मत लिने भनेर प्रधानमन्त्री ओलीले संघीय संसद् सचिवालयलाई जानकारी गराएको स्रोतले बतायो ।

    ओली नेपाली कांग्रेसको सहयोगमा गएको आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट अर्थात् सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।

    साउन ६ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओली त्यसको भोलिपल्ट संसद्‌मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् ।


    प्रतिक्रिया दिनुहोस