शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ‘सीआईबीको डीएसपी हुँ’ भन्दै सरकारी कार्यालयको अनुगमन गर्ने युवक पक्राउ


    हुलाक प्रेस

    • बुधबार, साउन २ २०८१०६:४४
    ‘सीआईबीको डीएसपी हुँ’ भन्दै सरकारी कार्यालयको अनुगमन गर्ने युवक पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘(सीआईबी)को डीएसपी हुँ’ भनी ठगी गर्ने एकजना पक्राउ परेका छन् । उक्त आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले दैलेखको नारायण नगरपालिका–५ का ३० वर्षीय नैनसिंह विकलाई मंगलबार (हिजो) नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार, विभिन्न सरकारी कार्यालयमा गई विकले आफू सीआईबी प्रहरी र राष्ट्रिय अनुसन्धानको ‘डीएसपी हुँ’ भनी अनुगमनको सिलसिलामा आएको बताउने गरेका थिए ।

    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस