शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • खोलाले बगाउँदा मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८१०३:५४
    खोलाले बगाउँदा मृत्यु

    त्रिवेणी रुकुमपश्चिम ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

    सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो । 

    काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए ।

    उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ ।

    यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् । बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षती पुगेको । 
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस