बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८११०:२९
    प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    एमालेका उपमहासचिव समेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा सोही भूमिकामा थिए । 

    खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए । अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका छन् ।


    प्रतिक्रिया दिनुहोस