बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेशमा भएको विद्यार्थी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८११०:४८
    बंगलादेशमा भएको विद्यार्थी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो

    काठमाडौं । बंगलादेशमा भएको विद्यार्थी प्रदर्शनका क्रममा बिहीबार मृत्यु हुनेको संख्या १९ पुगेको छ।

    मारिनेहरुमा ढाका टाइम्सका एक पत्रकार हसन मेहदी पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई गोली लागेको बताइएको छ।

    गत महिना उच्च अदालतले निजामती सेवाको एक तिहाइ हिस्सा १९७१ मा बंगलादेश स्वतन्त्रता संग्राममा सहभागीहरुको सन्तानलाई छुट्याउने व्यवस्था पुन लागू गर्न आदेश दिएको थियो।

    त्यसको विरोधमा विद्यार्थीहरुले जुलाई १ देखि प्रदर्शन सुरु गरेका हुन्, जसले गत सोमबारदेखि हिंसात्मक रुप लिएको हो। एजेन्सी


    प्रतिक्रिया दिनुहोस