शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, साउन ४ २०८१०९:००
    तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

    काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी र्दिए। 

    बिहीबार साँझ घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । 

    अध्यक्ष थापाले भने, ‘साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।’ मृतक बालकको शव अस्पतालमा राखिएको छ । 

    सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरे । रासस


    प्रतिक्रिया दिनुहोस