बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य दुई हजार रुपैयाँले घट्यो


    हुलाक प्रेस

    • शुक्रबार, साउन ४ २०८१११:१८
    सुनको मूल्य दुई हजार रुपैयाँले घट्यो

    काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँ घटेर कारोबार भएको छ ।

    छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदी प्रतितोला ३० रुपैयाँ घटेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । 


    प्रतिक्रिया दिनुहोस