शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा भेटियो सिमलतालबाट बेपत्ता बसका दुई यात्रुको शव


    हुलाक प्रेस

    • शुक्रबार, साउन ४ २०८१०१:४०
    भारतमा भेटियो सिमलतालबाट बेपत्ता बसका दुई यात्रुको शव

    काठमाडौं । चितवनको सिमलतालस्थित पहिरोमा परेर बेपत्ता दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । शुक्रबार बिहानसम्म हराएकामध्ये २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुईवटा शव फेला परेको उनले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको जानकारी सशस्त्र प्रहरी बललाई गराएको छ ।

    २३ शवमध्ये १४ शवको सनाखत भएको छ । आठ पुरूष र एक महिलाको  सनाखत हुन बाँकी छ । ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र ०३–००६ ख १५१६ नम्बरको एन्जल बस बेपत्ता भएका थिए । 


    प्रतिक्रिया दिनुहोस