बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बीपी स्मृति दिवसमा मोरङमा विविध कार्यक्रम गरिने


    हुलाक प्रेस

    • शुक्रबार, साउन ४ २०८१०६:१७
    बीपी स्मृति दिवसमा मोरङमा विविध कार्यक्रम गरिने

    विराटनगर । नेपाली कांग्रेस मोरङले बीपी कोइरालाको ४२औँ स्मृति दिवसमा विशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको छ । आइतबार सुनवर्षी नगरपालिका वडा नम्बर ९ मा रहेको बीपी केन्द्रमा खुला कविता प्रतियोगिताको आयोजना हुने छ । 

    बीपी स्मृति दिवसको सन्दर्भ पारेर स्वास्थ्य शिविर, रक्तदान र कविता प्रतियोगिता आयोजना गर्ने निर्णय भएको नेपाली कांग्रेस मोरङले जनाएको छ । 

    कार्यक्रमअनुसार शनिबार विराटनगरको रामजानकी मन्दिर परिसरमा वृहत् आँखा शिविरको आयोजना गरिने र यसमा ठूलो संख्यामा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको कांग्रेसले जनाएको छ ।

    शिविरमा निःशुल्क स्वास्थ्य जाँचको सुविधा दिइने बताइएको छ । मोरङमा रगतको अभावलाई मध्यनजर गर्दै त्यही दिन रक्तदान कार्यक्रम पनि गरिने जिल्ला सभापति डिगबहादुर लिम्बूले बताए ।

     


    प्रतिक्रिया दिनुहोस