शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित


    हुलाक प्रेस

    • शनिबार, साउन ५ २०८१०७:५२
    विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

    काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि ८६८ जनाको फौज परिचालित भएको जनाएको छ ।

    पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका १४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नदीको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् । खोजीको क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ ।

    चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता छन् । रासस


    प्रतिक्रिया दिनुहोस