शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेशमा मेडिकल कलेजमा अध्ययनरत १७ विद्यार्थीलाई नेपाल ल्याइँदै


    हुलाक प्रेस

    • आइतबार, साउन ६ २०८१०७:०४
    बंगलादेशमा मेडिकल कलेजमा अध्ययनरत १७ विद्यार्थीलाई नेपाल ल्याइँदै

    काठमाडौं । बंगलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारण गरिएको आरक्षणमा आन्दोलन शुरु भएपछि चिकित्साशास्त्रमा अध्ययनरत १७ विद्यार्थीलाई आज नेपाल ल्याइँदै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आज काठमाडौं ल्याइने लागिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

    प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने ती विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताए ।

    "बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ," प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन् ।

     


    प्रतिक्रिया दिनुहोस