शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेशमा समस्यामा परेका विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन आह्वान


    हुलाक प्रेस

    • आइतबार, साउन ६ २०८१०७:१९
    बंगलादेशमा समस्यामा परेका विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन आह्वान

    काठमाडौँ । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छ्न । 

    परराष्ट्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि  अनलाईन निवेदन दिन सकिने व्यवस्था मिलाएको शनिबार जानकारी गराएको छ ।  निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नेछन् ।

    मन्त्रालयले  आवश्यक विवरण भरी Form Submit गरी  प्रत्यक्ष सम्पर्क गर्नका निमित्त  परराष्ट्र मन्त्रालय, काठमाडौं शाखाका अधिकृत महेश्वरमणि त्रिपाठी, बंगलादेशस्थित नेपाली राजदूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई सम्पर्क गर्न भनेको छ ।  

     


    प्रतिक्रिया दिनुहोस