बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिए


    हुलाक प्रेस

    • आइतबार, साउन ६ २०८१०५:३८
    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिए

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।

    प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरे ।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए । प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् । रासस


    प्रतिक्रिया दिनुहोस