शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पृथ्वीराजमार्गमा पहिरो, दुईतर्फी सडक अबरुद्ध


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८१०८:५०
    पृथ्वीराजमार्गमा पहिरो, दुईतर्फी सडक अबरुद्ध

    काठमाडौं । पृथ्वीराजमार्गमा पहिरो गएको छ । राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको हो ।

    एक्साभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहान ५ बजे खसेको पहिरोका कारण  मुग्लिन–काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको छ ।


    प्रतिक्रिया दिनुहोस