बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बाइडेनले राष्ट्रपति उम्मेद्वारी छाडे, विश्वका नेताहरुले के भने ?


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८१०८:५६
    बाइडेनले राष्ट्रपति उम्मेद्वारी छाडे, विश्वका नेताहरुले के भने ?

    वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदको उमेदवारी छोडेकोमा विदेशी नेताहरुले पनि सह्राहना गरेका छन् ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाइडेनलाई ‘ग्रेट म्यान’ भन्दै उनी राष्ट्रको मायाबाट गाइडेड भएको बताएका छन् । राष्ट्रपतिको रुपमा उनी क्यानडाको साझेदार र असल साथी भएको समेत जनाएका छन् ।

    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि जो बाइडेनको अमेरिकी नेतृत्वको सह्राहना गरेका छन् ।

    जर्मनीका चान्सलर ओलाफ स्कोल्जले बाइडेन सम्मानको लायक भएको जनाउँदै उनले आफ्नोे देश, युरोप र विश्वको लागि धेरै उपलब्धी गरेको जनाएका छन् । बीबीसी


    प्रतिक्रिया दिनुहोस