बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपतिको उमेदवारीमा समर्थन खोज्दै कमला, पार्टी नेतालाई फोन गरेर भनिन- म जित्छु


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८१०९:०४
    राष्ट्रपतिको उमेदवारीमा समर्थन खोज्दै कमला, पार्टी नेतालाई फोन गरेर भनिन- म जित्छु

    वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपति पदको उमेदवारको रूपमा प्रस्ताव गरेपछि उपराष्ट्रपति कमला ह्यारिसले आफूले चुनाव जित्ने दाबी गरेकी छन् । बाइडेनले फोन गरेर आफूले उमेदवारी छोडेको भन्दै सो पदको लागि कमलालाई प्रस्ताव गरेका थिए ।

    बाइडेनको प्रस्तावलगत्तै उनले एक वक्तव्य जारी गरी आफूले सबै शक्ति लगाएर डोनाल्ड ट्रम्प र उनको चरम प्रोजेक्ट २०२५ एजेन्डालाई पराजित गर्न डेमोक्रेटिक पार्टी र देशलाई एकीकृत गर्ने जनाएकी छन् ।

    अब चुनाव आउन १०७ दिन मात्र रहेको र आफूहरू सँगै  लडेर जित्ने समेत जनाएकी छन् । उनले आफ्नो उमेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेकी छन् । उनले आइतबारदेखि नै डेमोक्रेटिक पार्टीका नेता तथा कार्यकर्तालाई फोनबाट समर्थन गर्न आग्रह गर्दै क्याम्पेन अघि बढाएकी छन् । बीबीसी


    प्रतिक्रिया दिनुहोस