बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री ओलीसँग आज पहिलो पटक संसदमा प्रत्यक्ष प्रश्नोत्तर


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८१०९:१८
    प्रधानमन्त्री ओलीसँग आज पहिलो पटक संसदमा प्रत्यक्ष प्रश्नोत्तर

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक साेमबार पनि बस्ने भएकाे छ।

    आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री र सांसदबीच संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिन लागेका हुन्।

    उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ।

    आइतबारकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले दुई तिहाइभन्दा बढी विश्वासकाे मत पाएका थिए। मतको पक्षमा १८८ मत परेको थियाे। ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।


    प्रतिक्रिया दिनुहोस