बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य फेरी बढ्यो, आज झण्डै १० डलरले बढ्यो


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८१०९:२४
    सुनको मूल्य फेरी बढ्यो, आज झण्डै १० डलरले बढ्यो

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनःउकालो लाग्न थालेको छ । अघिल्लो दिन प्रतिऔंस ४० डलरले घटेको सुनको मूल्य आज भने बढेको छ । आज सुनको मूल्य ०.३८ प्रतिशत अर्थात प्रतिऔंस ९.०५ डलरले बढेको हो ।  

    यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०७ कायम भएको छ ।  

    सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.०२ प्रतिशत अर्थात प्रतिऔंस ०.०१ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा झरेको छ ।  

    नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २०० र तेवाजी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस