शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • महाकाली र प्रमुख सहायक नदीहरुमा आज जलसतह बढ्ने, सतर्कता रहन आग्रह


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८११०:१५
    महाकाली र प्रमुख सहायक नदीहरुमा आज जलसतह बढ्ने, सतर्कता रहन आग्रह

    काठमाडौं । आगामी तीन दिन महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

    साथै, कर्णालीको सहायक नदी भेरी र पश्चिम सेती नदीको जलसतह पनि उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

    आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, पर्वत, म्याग्दी, रुकुम पूर्व, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव उल्लेख्य बढ्ने जनाइएको छ । केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस