शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख घुससहित पक्राउ


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८१०२:१५
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

    अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको आयोगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

    विज्ञप्तिअनुसार कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस लिएकी हुन् । उनलाई आयोगको हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।


    प्रतिक्रिया दिनुहोस