बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वी नाकाबाट ८५ करोडको कोदो आयात


    हुलाक प्रेस

    • मंगलबार, साउन ८ २०८१०८:४०
    पूर्वी नाकाबाट ८५ करोडको कोदो आयात

    झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । 

    प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/०८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको कोदो आयात भएको बताए । १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको हो ।  

    उनका अनुसार आव २०७९/०८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए । 

    पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी बिक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर, त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उनले सोही अवधिमा २१ करोड १४ लाख ८० हजारको १० हजार ५७४ मेट्रिक टन फर्सी आयात भएको जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस