बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय


    हुलाक प्रेस

    • मंगलबार, साउन ८ २०८१०५:००
    काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो ।

    काटिएका उद्योगमा आजै (मंगलबार) लाइन जोड्ने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले  जानकारी दिए । गएको असार २५ गतेदेखि महसुल नतिरेको भन्दै प्राधिकरणले ६ उद्योगमा लाइन काटेको थियो ।


    प्रतिक्रिया दिनुहोस