शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • देवीघाट-गल्छी सडक अबरुद्ध


    हुलाक प्रेस

    • बुधबार, साउन ९ २०८१०८:५१
    देवीघाट-गल्छी सडक अबरुद्ध

    त्रिशूली । अविरल वर्षासँगै खसेको पहिरोले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

    विभिन्न चार स्थानमा गएको पहिरोले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । 

    दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उनले बताए ।


    प्रतिक्रिया दिनुहोस