काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना भएको छ ।
बिहान करिब ११ बजे पोखराका लागि उडेको विमान दुर्घटनामा चालक दलका सदस्यसहित १९ यात्रु सवार रहेको त्रिभुवन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
दुर्घटनास्थलमा प्रहरी र दमकलले उद्धार कार्य जारी राखेका छन् ।