शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल


    हुलाक प्रेस

    • बुधबार, साउन ९ २०८११२:०२
    दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

    जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरी केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

    बुधबार बिहान करिब ११ बजे सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज  दुर्घटनामा परेको हो ।

    विमानस्थलका अनुसार सो जहाज रनवे ०२ तर्फबाट उडेर पूर्वतर्फको रनवे २० नजिकै दुर्घटनामा परेको हो ।

    जहाजमा १९ जना यात्रु रहेका थिए ।


    प्रतिक्रिया दिनुहोस