शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सौर्य एयरको विमान दुर्घटना : गृहमन्त्री लेखक विमानस्थल पुगे


    हुलाक प्रेस

    • बुधबार, साउन ९ २०८११२:१३
    सौर्य एयरको विमान दुर्घटना : गृहमन्त्री लेखक विमानस्थल पुगे
     
    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनाको जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् । 
     
    चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ । 
     
    विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न  तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # #sauryaairaccident
  • प्रतिक्रिया दिनुहोस