शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री ओली विमानस्थलमा


    हुलाक प्रेस

    • बुधबार, साउन ९ २०८१०३:३०
    प्रधानमन्त्री ओली विमानस्थलमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन् ।

    यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए ।

    काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनमा परेको थियो ।  

    सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनग्रस्त विमानमा सवार  १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #kpoli
  • # #sauryaairaccident
  • # #pmoli
  • प्रतिक्रिया दिनुहोस