शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सौर्य एयर जहाज दुर्घटनामा परेकाको शव भोलि मात्रै आफन्तलाई बुझाइने


    हुलाक प्रेस

    • बिहीबार , साउन १० २०८१०९:२५
    सौर्य एयर जहाज दुर्घटनामा परेकाको शव भोलि मात्रै आफन्तलाई बुझाइने

    काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ शव उनीहरुका आफन्तले भोलि मात्रै पाउने भएका छन् ।

    सबै शवलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । भाव विह्वल अवस्थामा रहेका आफन्तले शव पर्खिइरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका अनुसार सबैको डीएनए परीक्षण गरेर पहिचान गरिने जनाएको छ ।

    बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी सौर्य एयरका प्राविधिकसहित १८ जनाको मृत्यु भएको थियो । क्याप्टेन मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।

    उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । केएमसी अस्पतालमा उपचाररत शाक्यलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका थिए ।

    त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीका अनुसार सबै शव जलेर चिन्न नसकिने अवस्थामा छन् । उनीहरुको फिंगर प्रिन्ट, डेन्टल म्याचिङ आदिको माध्यमबाट पहिचान गर्नुपर्ने हुन्छ । 

    त्यसका निम्ति बुधबार ४ जनाको तथ्यांक संकलन भयो । सबै  मृतकको तथ्यांक संकलन गरी शव पहिचान गर्न करिब ३ दिन लाग्छ ।


    प्रतिक्रिया दिनुहोस