नक्कली नोटसहित रौटहटबाट २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका-८ का ३२ वर्षीय नजरे आलम र त्यही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको प्रहरीले जनाएको छ।
बिहीबार राति १० बजे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।