नारायणगढ-मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कन्टेनरका चालक वीरगञ्ज महानगरपालिका-२४ का ३३ वर्षीय प्रमोद पटेल र उत्तर प्रदेशका भारतीय ट्रकका चालक २४ वर्षीय मेहताव आलम र रहेका छन।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
यस्तै गम्भीर घाइते हुनेमा भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद रहेको प्रहरीले जनाएको छ।