शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार


    हुलाक प्रेस

    • शुक्रबार, साउन ११ २०८१०२:४१
    भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार

    सरकारले भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूको उद्धार गरेको छ।

    रोजगारीको प्रलोभन देखाएर बेचबिखन गरी कश्मीरको श्रीनगरमा उनीहरूलाई ५ महिनादेखि बन्धक बनाइएको थियो।

    ती नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट जानकारी गराएका छन्

    सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। उद्धार कार्यको सफलताका लागि सचिव दिनेश भट्टराईसहितको टोलीलाई प्रधानमन्त्रीले धन्यवादसमेत दिएका छन् ।


    प्रतिक्रिया दिनुहोस