शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • शनिबार, साउन १२ २०८१०६:३३
    आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । केही स्थानमा मेघगर्जन  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी  वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । 

    कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । 


    प्रतिक्रिया दिनुहोस