काठमाडौं । गोरखाको धार्चेमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए ।