काठमाडौं । सिमलताल पहिरोमा परी हराएका दुई बसको खोजी कार्य रोक्ने तयारी भएको छ । दुई बस त्रिशूलीमा बेपत्ता भएको १७ दिन पुग्दापनि भेट्न नसकिएपछि अब त्यसको खोजी कार्य रोक्ने तयारी भएको हो ।
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो । दुवै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन अरु बाँकी यात्रु बेपत्ता छन् ।
भारतीय टोलीसमेत आएर लगातारको खोजी गर्दा नभेटिएपछि अब खोजी कार्य रोक्ने तयारी भएको खोजी कार्यमा लागेका एक सुरक्षा अधिकारीले बताएका छन् ।
उनका अनुसार अब भारतीय टोली पनि भारत फर्किने तयारीमा छ भने नेपालको टोलीले पनि खोजी कार्यलाई रोक्नेछ ।