शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भ्रष्टाचार मुद्दामा ५० हजार धरौटीमा छुटे निलम्बित मुख्यसचिव अर्याल


    हुलाक प्रेस

    • आइतबार, साउन १३ २०८१०६:५७
    भ्रष्टाचार मुद्दामा ५० हजार धरौटीमा छुटे निलम्बित मुख्यसचिव अर्याल

    काठमाडौँ । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् । 

    विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो । 

    अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर अर्यालसहितका पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारले  मुद्दा दर्ता गरेको थियो । अख्तियारले उनीसहितका प्रतिवादीहरूलाई एकमुस्ट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस