शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते


    हुलाक प्रेस

    • सोमबार, साउन १४ २०८११०:१५
    पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते

    पोखरामा विद्यार्थी चढेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन।

    पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी बोकेर आउँदै गर्दा फुस्रेखोला नजिकै सडकमा पल्टिदा २४ जना घाइते भएका हुन।

    घाइते २४ विद्यार्थीमध्ये दुई जनालाई भने गम्भीर घाईते रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेज र नमस्ते अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिएका छन।

    बस घुम्ती मोड्ने क्रममा सडकदेखि करिब ५० मिटर तल खसेको छ।


    प्रतिक्रिया दिनुहोस