पोखरामा स्कुल बस दुर्घटना हुँदा २१ विद्यार्थी घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले जानकारी दिए।
पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस सडकमा पल्टिदा २१ विद्यार्थी घाइते भएका हुन।
केही विद्यार्थीको अवस्था गम्भीर रहेको उनको भनाइ छ। थप विवरण आउन बाँकी छ।