शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंसहित २७ जिल्लामा बाढीको जोखिम , सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • मंगलबार, साउन १५ २०८१०९:००
    काठमाडौंसहित २७ जिल्लामा बाढीको जोखिम , सतर्कता अपनाउन आग्रह

    काठमाडौं । आज (मंगलबार) सिन्धुपाल्चोक, काठमाडौँसहित देशका २७ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

    महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुनसक्ने अनुमान छ। महाशाखाले भनेको छ– उच्च सतर्कता अपनाईराखौँ। 

    साथै आज उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने अनुमान छ। महाशाखाले भनेको छ– सतर्कता अपनाइराखौँ।  


    प्रतिक्रिया दिनुहोस