बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • वागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत


    हुलाक प्रेस

    • मंगलबार, साउन १५ २०८१०५:३९
    वागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । 

    मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको  विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो ।

    त्यस्तै, तीन सांसद तटस्थ बसेका थिए । वागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

    मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 


    प्रतिक्रिया दिनुहोस