शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • चारवटा संसदीय समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • बुधबार, साउन १६ २०८१०८:३१
    चारवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । 

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । 

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची छ । 

    पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिन सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । सिंहदरवार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा पनि छलफल हुनेछ । बैठक बिहान सवा ११ बजे बस्नेछ । 


    प्रतिक्रिया दिनुहोस