शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर


    हुलाक प्रेस

    • बुधबार, साउन १६ २०८१०४:४४
    घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारागार कार्यालय, नवलपरासीका कारागार प्रशासक विनोद कुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    कर्ण १ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस्तै चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीलाई चौकीदारको जिम्मेवारीबाट हटाउने, अरु कुनै सुविधा नदिने र कैदकट्टा तथा माफी मिनाहाको लागि सिफारिस-सहजीकरण पनि नगर्ने भन्दै उनले घुस लिने गरेको पाइएको पनि अख्तियारले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस