शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो


    हुलाक प्रेस

    • बुधबार, साउन १६ २०८१०९:५६
    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

    जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ ।

    मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस